गलत भ्रममा नपर्नुस, जित सुनिश्चित छ : कार्की

NAWALPUR TIMES

गलत भ्रममा नपर्नुस, जित सुनिश्चित छ : कार्की
received 3367007536916420

कावासोती । नवलपुर क्षेत्र नं २ प्रतिनिधि सभाका लोकतान्त्रिक वाम गठवन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता विष्णुकुमार कार्कीले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै गलत भ्रममा नपर्न आम मतदाता संग अपिल गरेका छ्न ।

प्रचारप्रसारको अन्तिम दिन निर्वाचन क्षेत्रमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कार्कीले गठबन्धनका उम्मेदवार जित नजिक पुगेकाले अत्तालिएर विपक्षी उम्मेदवारहरुले गलत भ्रम फैलाउन आफ्ना कार्यकर्तालाई निर्देशन गरेको भन्दै त्यस्ता गलत भ्रममा नपर्न आम मतदातासँग अपिल गरेका छन । ‘हामीले झुटा आश्वासन दिएका छैनौ, निर्वाचन लगत्तै हामीले अगाडि सारेका योजना अगाडि बढाउछौ, विगतका जनप्रतिनिधि ले झै झुटा सपना बाडदैनौ’, कार्कीले भने, ‘हाम्रो जित सुनिश्चित देखेर हार मानसिकताका कारण विपक्ष दल र उनका कार्यकर्ताले सृजना गर्ने भ्रममा नपर्न मतदातालाई अपिल गर्दछु’

कार्कीले क्षेत्र नं २ को विकास र समृद्धिका लागी पनि गठबन्धनका उम्मेदवारले जित्नु पर्ने बताउदै अबको पाँच वर्ष समृद्धि र विकासको हुने कार्कीले प्रतिबद्धता व्यक्त गरेका छ्न । कार्कीले नमूना सदरमुकाम, नारायणी तटबन्ध, दुम्किबास त्रिवेणी सडक, कृषिमा आधुनिकीकरण योजना लगाएतका योजनालाई अगाडि बढाउनका लागि पनि गठबन्धनले निर्वाचन जित्नु पर्ने बताएका हुन।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology