४ महिना ८६ हजार बढि पर्यटकले गरे चितवन राष्ट्रिय निकुन्जको अवलोकन

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक २९ गते २१:१०
४ महिना ८६ हजार बढि पर्यटकले गरे चितवन राष्ट्रिय निकुन्जको अवलोकन
chitwan nikunja

रासस/कावासोती : वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तब्यको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७९/८० को पहिलो ४ महिनामा ८६ हजार ६ सय ४३ जना पयर्टकले अवलोकन भ्रमण गरेका छन ।

भ्रमण गर्ने पर्यटक मध्ये सबै भन्दा धेरै नेपाली पर्यटक रहेका निकुन्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनु भयो ।

तिवारीका अनुसार पहिलो ४ महिनामा निकुन्ज घुम्न आउने पर्यटक मध्ये ६५ हजार ५ सय २९ जना नेपाली पर्यटक, र्साक मुलुकका ७ हजार ७ सय ८६ र अन्य मुलुकका १३ हजार ३ सय २८ जना रहेका छन । कोरोना कहर सामान्य हुँदै गर्दा निकुञ्जमा विदेशी पर्यटकको आउजाउ बढेको यो विवरणले देखाउँछ ।

दशैं तिहार लगाएतका चाडपर्व पछि पनि पर्यटकको संख्या बढेको पूवी नवलपरासीको लामिचौर उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेलले बताउनु भयो । घुम्न आउनेको संख्या बढदै गए पछि निकुन्ज आसपासका होटल व्यवसायीहरु समेत उत्साही भएका छन । अमलटारी होमस्टेमा होमस्टे सन्चालन गर्दैै आउनु भएका छन्नुराम महतोले आन्तरिक बाहय पर्यटकको संख्या बढदै गएकाले व्यवसायीहरुमा समेत उत्साह थपिएको बताउनु हुन्छ ।

यसै बीच निकुन्जले आर्थिक वर्षको ४ महिनाको अवधिमा ५ करोड ९८ लाख ६२ हजार ९ सय २१ रुपिया राजस्व संकलन गरेको सूचना अधिकारी तिवारीले जानकारी दिनु भयो । निकुन्जले सबै भन्दा धेरै पर्यापर्यटनबाट ५ करोड १५ लाख४८ हजार ३ सय ५० रुपिया राजस्व संकलन गरेको हो । त्यस्तै यो अवधिमा निकुन्जले दण्ड सजायबाट ५१ लाख ८६ हजार ५ सय ४४ राजस्व संकलन गरेको तिवारीले जानकारी दिनु भयो ।

प्रकाशित : २०७९ कार्तिक २९ गते २१:१०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI