मध्यवर्ती क्षेत्रको समस्या समाधान गर्न निकुञ्ज ऐन संशोधन गर्छौ : कोइराला

NAWALPUR TIMES

मध्यवर्ती क्षेत्रको समस्या समाधान गर्न निकुञ्ज ऐन संशोधन गर्छौ : कोइराला
received 8172824866092184

कावासोती, २९ कार्तिक (रासस) : नेपाली कांग्रेसका नेता एवं पुर्वी नवलपरासी क्षेत्र नं १ प्रतिनिधि सभाका उम्मेदवार शशांक कोइरालाले वर्षौं देखि मध्यवर्ती क्षेत्रमा वन्यजन्तु र निकुञ्जबाट सिर्जित समस्या समाधान भनेकै राष्ट्रिय निकुञ्ज ऐन संशोधन भएकाले निर्वाचन पछिको संसदबाट ऐन संसोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।

मंगलबार चुनावी क्षेत्रमा आयोजना भएका चुनावी सभालाई सम्बोधन गर्दै नेता कोइरालाले गणतन्त्र आएर संविधान जारी भएको यतिका समय सम्म पनि पन्चायतकालिन राष्ट्रिय निकुञ्ज ऐननै कायम रहेको बताउदै निकुञ्ज प्रभावित क्षेत्रमाका जनताको समस्याको जडनै यहि ऐन भएकाले ऐन संशोधन जरुरी रहेको बताउनु भएको छ ।

“ऐनकै कारण निकुञ्ज र मध्यवर्ती क्षेत्र प्रभावित बस्तीहरुमा विकास निर्माणले गति लिन सकेको छैन, निर्वाचन पछि गठबन्धनको सरकारले ऐन संशोधन गर्छ“, कोइरालाले भन्नु भयो । भुमिहिनलाई पुर्जा वितरण गर्ने देखि त्रिवेणी दुम्किबास राजमार्ग लगाएत महत्त्वपूर्ण योजनाहरु ऐनकै कारण अगाडी बढन नसकेको कोइरालाको दाबी रहेको छ ।

वन्यजन्तुबाट हुने मानवीय र बालीनालीको क्षतिको न्यूनीकरण र उचित क्षतिपूर्तिको व्यवस्था गर्न र मध्यवर्ती र निकुञ्ज प्रभावित क्षेत्रको विकास निर्माणलाई अगाडि बढाउन गठबन्धनका उम्मेदवारहरुले जित्नै पर्ने कोइरालाले बताउनु भएको हो ।

त्यस्तै कोइराला मध्यवर्ती क्षेत्र प्रभावित जनताको जिवनस्तर उकास्न गैंडाकोट देखि त्रिवेणी जोडने नारायणी करिडोरको निर्माण प्रक्रिया निर्वाचन लगत्तै अगाडि बढने समेत बताउनु भयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology