नवलपुरमा निर्वाचन अवधिभर मदिरा बिक्री वितरण तथा सेवनमा निषेध

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक २२ गते २०:३६
नवलपुरमा निर्वाचन अवधिभर मदिरा बिक्री वितरण तथा सेवनमा निषेध
1667918958327

कावासोती । नवलपुरमा जिल्ला प्रशासन कार्यालयले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न भन्दै कार्यालयले एक सूचना जारी गरेर मंगलबार राति १२ बजेदेखि निर्वाचन अवधि मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाभरि मदिरा बिक्री र खुला रूपमा सेवन नगर्न नगराउन सार्वजनिक सूचना जारी गरी निर्देशन दिएको जानकारी दिनुभयो ।

जिल्लाका ८ वटै पालिकाका सुरक्षा निकायले पनि मदिरा बिक्री तथा सेवनलाई कडाइ गर्न सबै पालिकाका मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।सूचनाको अवज्ञा हुने कार्य गरे/गराएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने जनाइएको छ ।

निर्वाचनको समयमा मदिरा सेवन बढ्न सक्ने र यसले शान्ति सुरक्षामा असर पार्न सक्ने भएकाले मदिराजन्य पदार्थ बिक्री एवं सेवनमा रोक लगाइएको प्रजिअ घिमिरेले बताउनु भयो ।

 

प्रकाशित : २०७९ कार्तिक २२ गते २०:३६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI