विकास चाहने जनताको उम्मेदवार हुँ : कार्की

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक २१ गते १९:४२
विकास चाहने जनताको उम्मेदवार हुँ : कार्की
received 655738712756808

कावासोती । नेपाली काँग्रेसका नेता एवं गठबन्धनको तर्फबाट नवलपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मदेवार विष्णु कुमार कार्कीले आफू गठबन्धनको मात्रै नभई विकास चाहने जनताको उम्मेदवार रहेको बताएका छन् । साेमबार मध्यबिन्दु-१२मा लोकतान्त्रिक बाम गठबन्धन को चुनाव प्रसार समिति वडा सम्पर्क कार्यालय उदघाटन कार्यक्रमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्कीले आफू क्षेत्र नं २ को विकास र समृद्धि चाहने उम्मेदवार भएकाले सुकुम्बासी र अव्यवस्थित बसोबासको उचित तबरले व्यवस्थापन गर्ने, स्वास्थ्य ,खानेपानी र मोटरबाटोको स्तरोन्नति र बिस्तारमा आफूले जोड दिने बताए । आफुहरुले झुटा आश्वासन नदिने तर चुनावमा गरेको बाचा नबिर्सने समेत बताए । “निर्वाचित भएपछि जनतासंग बसेर जनताको सुखदुखमा साथ दिएर, उनीहरुको जीवनस्तर उकास्ने अनि संसदमा जनताका मुद्धा उठाएर उनीहरुको पक्षमा ऐन कानुन निर्माण गर्ने काम गर्छु”, उनले भने ।

कार्यक्रममा बोल्दै नेकपा एकृकित समाजवादीका नेता एवं गठबन्धनको तर्फबाट नवलपुर २(ख) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार डा. गोपाल खनालले आफूहरु प्रतिवद्धता जनाउने तर काम नगर्ने खालको उम्मेदवार नभएको बताए । “जे बोल्छौ, जे प्रतिवद्धता जनाउछौ त्यो पुरा गर्छाैं, विगतमा प्रतिवद्धता जनाउने तर काम नगर्ने अनि गफ मात्र दिने प्रवृत्ति देखियो”, खनालले भने । उम्मेदवार खनालले पालिका , प्रदेश र केन्द्र सरकारका बीचमा सन्तुलन कायम गर्दै जनताको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छ्न

प्रकाशित : २०७९ कार्तिक २१ गते १९:४२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI