कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले लोकतान्त्रिक र वाम शक्ति एक हुँदा हरेक पल्ट परिवर्तन आएको र मंसिर ४ को निर्वाचन पछि पनि देशमा परिवर्तन आउने गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले बताएका छ्न ।
चुनावी प्रचारप्रसारको क्रममा आईतबार नवलपुरको बौदीकाली आएका मुख्यमन्त्री पोख्रेलले कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन । “हरेक पटक लोकतान्त्रिक र वाम शक्ति एक हुँदा परिवर्तन आएको छ, यस पटक पनि मंसिर ४ पछि परिवर्तन आउँछ” पोख्रेलले भने, “अबको परिवर्तन भनेको विकास र समृद्धिको परिवर्तन हो ।”
कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले एमालेको नेतृत्वको प्रदेश र संघिय सरकार हुँदा सम्म नवलपुर पछि परेको बताउदै कांग्रेस नेतृत्वमा प्रदेश सरकार आए पछि नवलपुरमा धेरै महत्वपूर्ण योजनाहरु सुरु गरेको दाबी गरे ।
जिल्लाको महत्त्वपूर्ण योजनाको रुपमा रहेको दुम्किबास त्रिवेणी सडक योजनाको डिपिआरको काम अगाडी बढेको मुख्यमन्त्री पोख्रेलले बताए । कांग्रेस नेतृत्वको प्रदेश सरकारले सुरु गरेका योजनालाई एमालेका उम्मेदवारहरुले आफुले गरेको भन्दै जनतालाई भ्रममा पार्ने काम गरेको बताउदै मुख्यमन्त्री पोख्रेलले भ्रममा नपर्न जिल्ला बासीलाई अनुरोध गरेका छ्न ।
केपी ओलि सरकारले संविधान माथी प्रहार गरेका कारणले संविधान जोगाउन बनेको गठबन्धन निर्वाचन पछि पनि निरन्तर रहने बताएका मुख्यमन्त्रीले नवलपुरको समृद्धि र विकासको लागि पनि गठबन्धनका उम्मेदवारले जित्नु पर्ने जिकिर गरे ।
प्रकाशित : २०७९ कार्तिक २० गते २०:२७
Facebook Comment