मंसिर ४ पछि पनि गठबन्धनकै सरकार बन्छ: नेता कोईराला

NAWALPUR TIMES

मंसिर ४ पछि पनि गठबन्धनकै सरकार बन्छ: नेता कोईराला
received 8172824866092184

कावासोती : नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार डा.शशांक कोइरालाले आगामी मंसिर ४ को निर्वाचन पछि पनि गठबन्धनको सरकार बन्ने दाबी गरेका छ्न ।

शनिबार नवलपुरको रजहरमा लोकतान्त्रिक वाम गठबन्धनको क्षेत्रीय निर्वाचन परिचालन समितिको कार्यालय उदघाटन गर्दै नेता कोईराला आगामी मंसिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुले जित्ने र त्यसपछि ५ वर्ष गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताएका हुन ।

कार्यक्रममा बोल्दै कोईरालाले संविधान माथी भैरहेको निरन्तर प्रहार रोक्नका लागि बनेको गठबन्धनले अबको पाँच वर्ष सम्म निरन्तरता पाउने बताउदै मंसिर ४ पछि बन्ने गठबन्धनको सरकारले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरे ।

नवलपुर क्षेत्र नं १ बाट चौथो पटक निर्वाचनमा होम्मिएका कोइरालाले अबको ५ वर्षमा नवलपुरमा महत्त्वपूर्ण योजनाहरु सन्चालन हुने तथा जिल्लालाई प्रदेशकै आर्थिक केन्द्रको रुपमा विकास गरिने समेत बताए । कार्यक्रममा गैंडाकोट देखि त्रिवेणी जोड्ने नारायणी करिडोर, त्रिवेणी भन्सारको स्तरउन्नति, त्रिवेणी कोरोला सडक आयोजना, ट्रमा सेन्टर, बिपि अन्तर्राष्ट्रिय खेलग्राम, नमूना सदरमुकाम कृषिमा आधुनिकिकरण जस्ता महत्त्वपूर्ण योजनाहरु अबको पाँच वर्ष भित्र सम्पन्न गरेर जिल्लालाई समृद्ध जिल्लाको रुपमा विकास गरिने कोइरालाले बताएका हुन ।
कोइरालाले स्थिरताका लागि बहुमत आवश्यक भएको र अबको निर्वाचनबाट बहुमत आउने दाबी गर्दै स्थिर सरकार बनेपछी विकासको लहर आउने दाबी गरेका हुन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology