NAWALPUR TIMES

received 8172824866092184

कावासोती । नेपाली कांग्रेसका पुर्व महामन्त्री एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार डाक्टर शशांक कोइरालाले गैंडाकोट देखि त्रिवेणी सम्म नारायणी कोरिडोर सडक पहिलो प्राथमिकतामा रहने बताएका छन ।

शुक्रबार साँझ नवलपुर टाईम्स सँगको कुराकानीमा कोईरालाले नवलपुरको विकासको महत्त्वपूर्ण कडि रहेको गैंडाकोट देखि त्रिवेणी सम्मको नारायणी कोरिडोर सडक निर्माण बिस्तार नहुदा सम्म जिल्लाको आर्थिक भौतिक विकास नहुने बताउदै यो सडक आगामी दुई वर्ष भित्र बनाउने बताएका छ्न ।

गैंडाकोट देखि देखि त्रिवेणी जोडने सडक उच्च प्राथमिकतामा रहेको र यो सडक निर्माणका हुन साथ नवलपुरको छुट्टै अस्तित्व र महत्त्व हुने कोइराला बताउछ्न । “नारायणीको तटबन्ध सँगै त्रिवेणी सम्म तटबन्ध र सडक बन्छ, यो मेरो बाचा हो”, कोइरालाले भने । नारायणी करिडोर सँगसँगै त्रिवेणी भन्सारलाई मुख्य भन्सार बनाएर जिल्लालाई आर्थिक केन्द्रको रुपमा अगाडि बढाउने गरेर आफू अगाडि बढेको कोइराला बताउछ्न ।

सांसद भए पछि जिल्लामा सबै भन्दा धेरै जनताको समस्या बोकेर सिंहदरबार र बालुवाटार जाने जनप्रतिनिधि आफू भएको दाबी गर्दै कोईरालाले २०६४ देखि अहिलेसम्म कांग्रेस अनुकुल सरकार नबन्दा ठुला योजनाले पुर्णता नपाएको बताए । “यसपटक गठबन्धन बनेको छ, निर्वाचन पछाडी कांग्रेस नेतृत्वमानै सरकार बन्छ, संविधान बन्यो, कार्यान्वयन भयो अब विकासको कार्यकाल सुरु हुन्छ जनताले प्रत्यक्ष अनुभव गर्ने ठुला योजना अब सुरु हुन्छन”, कोइरालाले भने ।

जिल्लाको पहाडी क्षेत्रको विकासको महत्त्वपूर्ण कडिको रुपमा रहेको कालीगण्डकी करिडोर कांग्रेस नेता सुर्यभक्त अधिकारीले २०४८ को निर्वाचन जिते पछि उहाँकै पहलमा सुरु भएको र अब केही प्रतिशत मात्रै बाकी रहेको र त्यो पनि छिट्टै पुरा हुने कोइरालाले बताए । “चालू आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा ठुला योजनाहरु ट्रमा सेन्टर र अन्तर्राष्ट्रिय बिपि खेल ग्राम समेटिएको छ, चुनाव लगत्तै काम हुन्छ”, कोइरालाले भने ।

बिपिको छोरा भनेर जति आसा गरियो त्यति मैले गर्न सके सकिन थाह भएन तर शशांकलाई काम गर्न नदिन पाए हामी सधै विरोध गर्न पाउछौ भन्नेहरुले विकासको पनि विरोध गरे तर अब त्यो हुदैन, अबको समय भनेको विकास हो , कोइरालाले भने । “संविधान बन्यो कार्यान्वयन पनि भयो, अबको समय भनेकै विकास र समृद्धि हो” ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology