गैंडाकोटमा एमाले जिल्ला कमिटी सदस्य सहित ६८ जना नेपाली कांग्रेस प्रवेश

NAWALPUR TIMES

गैंडाकोटमा एमाले जिल्ला कमिटी सदस्य सहित ६८ जना नेपाली कांग्रेस प्रवेश
IMG 9ca4e6ad5263bbd8f8d68b20ad7844b8 V

कावासोती । गैंडाकोट नगरपालिका वडा नं१० बाट नेकपा एमाले नवलपुर जिल्ला कमिटि सदस्य लालबहादुर आले सहित ६८ जना नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरेका छ्न ।

एमाले जिल्ला कमिटी सदस्य लालबहादुर आले, लेखा समिति सदस्य होमबहादुर गुरुङ, गैंडाकोट नगरकमिटी सदस्यहरु रुद्र्प्रसाद अधिकारी, मेघराज सुवेदी, रेशम माया गुरुङ, चित्रबहादुर मगर सहित ६८ जनालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार डा.शशांक कोइरालाले नेपाली कांग्रेसमा स्वागत गरेका हुन ।

कांग्रेस नेताहरु डा.मिनेन्द्र रिजाल, प्रदेश सभा सदस्य उम्मेदवार एवं कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसी, क्षेत्रीय सभापति अमृत भट्टचन लगाएतका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology