कोइरालाको स्वास्थ्य अवस्था सामान्य

NAWALPUR TIMES

कोइरालाको स्वास्थ्य अवस्था सामान्य
FB IMG 1667136450715

कावासोती । चुनाव प्रचार प्रसारका क्रममा अस्वस्थ भएका नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला अवस्था सामान्य रहेको छ ।

आफ्नो निर्वाचन क्षेत्र नवलपरासी पूर्व–१ बाट उम्मेदवार रहेका कोईराला बेहोस भएपछि उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना भएका थिए ।

अस्पतालको उपचार पछि कोइरालाको अवस्था सामान्य रहेको कांग्रेस महासमिति सदस्य भरत तिवारीले जानकारी दिए । कोइराला चिकित्सक र भेटन आउनेहरु सँग कुराकानी गरिरहेका तिवारीले बताए । चुनाव प्रचारप्रसारका क्रममा धपडी भएका कारणले कोइरालाको स्वास्थ्यमा समस्या आएको चिकित्सकले बताएका तिवारीले जानकारी दिए।

अवस्था सामान्य रहे पनि कोइरालालाई १२ घण्टा चिकित्सकको निगरानीमा राख्ने अस्पतालले तयारी गरेको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology