सेवाग्राही आमाहरुका लागि मध्यविन्दुमा स्तनपान कक्ष

NAWALPUR TIMES

सेवाग्राही आमाहरुका लागि मध्यविन्दुमा स्तनपान कक्ष
1665748072286

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिकामा सेवा लिन आउने आमाहरुका लागि स्तनपान कक्षको स्थापना गरिएको छ ।

नगरपालिकामा सेवा लिन आउने आमाहरुले आफ्नो शिशुलाई सुरक्षित रुपमा स्तनपान गराउने तथा शिशुलाई आराम गराउने स्थानको अभावमा समस्या भोग्नु परेकोले नगरपालिकामा स्तनपान कक्ष स्थापना गरिएको नगरप्रमुख भिमलाल अधिकारीले बताउनु भयो ।

नगरपालिकाको प्रशासनिक भवनमा रहेको नागरिक सेवा केन्द्र संगै स्तनपान कक्षको स्थापना गरिएको हो । स्तनपान कक्षमा शिशुलाई आराम गराउने झलुंगो, बेड, बिस्तारा सहित सावुन पानी लगायतको व्यवस्थापन गरिएको छ ।

नगरपालिका परिसरमै सेवा लिन आउने शिशुसहितका आमाहरुलाई स्तनपान कक्ष र शिशुहरुका लागी आराम कक्ष सन्चालनले सेवाग्राही आमाहरुलाई थप सहज हुने विश्वास नगर प्रमुख अधिकारीले व्यक्त गर्नु भयो।

नगरपालिकाले यस अघि सेवाग्राही नागरिकको सहजताको लागी भन्दै नागरिक सेवा केन्द्र सन्चालनमा ल्याएको थियो ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology