कावासोती । गण्डकी प्रदेशका लागि रणनीतिक महत्त्वको आयोजना ‘लाइफलाइन ‘का रूपमा रहेको नवलपुरको दुम्किबास–त्रिवेणी सडक खण्डको वातावरणीय प्रभाव मूल्याङ्कनको काम तत्काल अगाडि बढने भएको छ ।
यस विषयमा प्रधानमन्त्री बालेन शाहले विशेष चासो राखेर पछि प्रधानमन्त्री सचिवालयको समन्वयमा वातावरणीय प्रभाव मूल्याङ्कनको काम अगाडि बढाईने भएको नवलपुर-२ का प्रतिनिधि सभा सदस्य मनिष खनालले जानकारी दिए ।
“सडक विभागले ईआईएको अनुमतिपत्र पाएको भएता पनि काम अगाडी बढेको थिएन प्रधानमन्त्रीको विशेष चासो पछि काम अगाडी बढने तय भएको छ”, सांसद खनालले भने ।
यस अघि सडक विभागले वातावरणीय प्रभाव मूल्याङ्कनको काम अगाडि बढाउने निर्णय गरेको भए पनि वातावरणीय प्रभाव मूल्याङ्कनको काम अगाडी बढन सकेको थिएन ।
यो खण्डमा सडक निर्माण नहुँदा गण्डकी प्रदेशको सिधा पहुँच भारतसँग हुन नसकेको बताइएको छ । यो खण्डमा सडक निर्माण नहुँदा अहिले दुम्किबासबाट लुम्बिनी प्रदेश हुँदै करीब ४५ किलिमिटर घुमेर त्रिवेणी नाका पुग्नुपर्ने अवस्था रहेको छ ।
Facebook Comment