कावासोती । नवलपुरको देवचुली-१५ प्रगतिनगरमा रहेको जुगुनु पाउरोटी उद्योगमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र प्रहरीको संयुक्त टोलिले शुक्रबार राति छापा मारेको छ ।
उद्योगमा पाउरोटी लगाएतका खाद्य वस्तु उत्पादन गर्ने क्रममा म्याद गुज्रिएका सामाग्री प्रयोग गरिएको र खाद्य वस्तु उत्पादन गर्दा सामान्य आधारभुत मापदण्ड समेत प्रयोग नगरिएको सूचनाको आधारमा अनुगमन टोलिले उद्योगमा पुगेर छापा मारेको पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनु भयो ।
टोलीले ११७ पिस पउरोटी , ३०२ प्याकेट गोलो पाउरोटी, ९४४ प्याकेट पप, २३७ प्याकेट गोलो बिस्कुट , ५२ प्याकेट टोस्ट १०८ प्याकेट क्रिम रोल र २२ बोरा मैदा बरामद गरेको र उद्योग सन्चालक रफि अहमदलाई पक्राउ गरिएको घरेलु तथा साना उद्योग कार्यालय पुर्वी नवलपरासीका प्रमुख सागर खनालले बताउनु भयो ।
बजार अनुगमनका क्रममा बजारमा भेटिएका पाउरोटी लगाएतका खाद्य वस्तुहरु गुणस्तरहिन र लेबल नराखिएको फेला परे पछि अनुगमन टोलि प्रहरी सहित उद्योगमा पुगेको थियो । अनुगमनका क्रममा नियन्त्रणमा लिएका सन्चालक प्रहरी नियन्त्रणमा रहेका थप अनुसन्धान भईरहेको जनाईएको छ ।
प्रकाशित : २०७९ असोज ८ गते ९:३४
Facebook Comment