हुप्सेकोटमा विशेषज्ञ सेवा सहितको ३ दिने स्वास्थ्य शिविर सुरु

NAWALPUR TIMES

हुप्सेकोटमा विशेषज्ञ सेवा सहितको ३ दिने स्वास्थ्य शिविर सुरु
20220826 193708 scaled

सरस्वती सुवेदी/हुप्सेकोट। १९ औँ निजामती सेवा दिवसको अवसर पारेर पूर्वी नवलपरासीको हुप्सेकोटमा ३ दिने स्वास्थ्य शिविर सुरु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, र निजामती कर्मचारी अस्पतालको आयोजनामा सुरु भएको स्वास्थ्य शिविरको उदघाटन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव मधुुकुमार मरासिनीले गरेका छन ।


स्वास्थ्य शिविरको उदघाटन गर्दै सचिव मरासिनीले स्वस्थ जनता भनेकै देशको धन भएको बताए । “हाम्रो स्वास्थ्य जति मजबुत रहन्छ, हामीले त्यति काम गर्न सक्छौ, त्यतिनै उत्पादन बढछ, त्यतिनै आम्दानी बढछ,” उनले भने , “निजामती दिवस मनाउदै गर्दा हामीले जनताको नजिक गएर मानविय काम सुरु भएको छ यसका लागी निजामती कर्मचारी अस्पताललाई धन्यवाद दिन चाहान्छु ।”

हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेको अध्यक्षतामा सुरु भएको उदघाटन कार्यक्रममा भरतपुर अस्पताल चितवनका मेडिकल सुपरिटेन्डेट डा.कृष्ण पौडेल, निजामती कर्मचारी अस्पताल काठमाडौंका कार्यकारी निर्देशक प्रा.डा. विद्यानिधी पौडेल, पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले शुभकामना मन्तव्य राखेका थिए ।


उदघाटन सत्रलाई समापन गर्दै हुप्सेकोट गाउँपालिकी अध्यक्ष लक्ष्मीदेवी पाण्डले निजामती कर्मचारी दिवसको अवसरमा हुप्सेकोट गाउँपालिकामा महत्वपुर्ण स्वास्थ्य शिविर सन्चालन गरेकोमा निजामती कर्मचारी अस्पताललाई धन्यवाद ज्ञापन गरिन ।


करीब पाँचहजार बिरामीले सेवन लिने अपेक्षा गरिएको स्वास्थ्य शिविरमा निजामती कर्मचारी अस्पताल काठमाडौं र भरतपुर अस्पताल चितवनका ५० बढि चिकित्सक र स्वास्थ्यकर्मीले सेवा दिने निजामती कर्मचारी अस्पताल काठमाडौंका आर्थिक तथा प्रशासान विभाग प्रमुख कृष्ण सापकोटाले बताए । सापकोटाका अनुसार स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती,हाडजोर्नी, छाला, पेट, दन्त, नाक कान घाटी, बाल रोग मुटु तथा रेडियोलोजी सम्बन्धि सेवाहरु निःशुल्क उपलब्ध हुने तथा शिविर ३ दिन सम्म चल्ने छ ।

शिविरको पहिलो दिन ४ सय ८९ ले सेवा लिएका छ्न ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology