अनेरास्ववियु देवचुलीद्वारा स्थानीय तह निर्वाचनका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न

NAWALPUR TIMES

अनेरास्ववियु देवचुलीद्वारा स्थानीय तह निर्वाचनका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न
IMG 20220423 WA0027

देवचुली । नेकपा (एमाले)को भातृ विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन देवचुली नगरकमिटीले देवचुली नगरपालिका क्षेत्रभित्रका विद्यार्थी तथा युवाहरुलाई लक्षित गरि पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। नेकपा एमालेका केन्द्रिय सदस्य एवं नवलपुर ईन्चार्ज तिलक महतको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य तथा जिल्ला सह-ईन्चार्ज रविन्द्र अधिकारीको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी महतले नेकपा एमालेले देवचुली नगरलाई समृद्ध बनाउदै नगरबासीलाई सुखी एवं खुशी बनाउने लक्ष्य लिएको बताउनुभयो। “सुर्यध्वजावाहक एमालेका उम्मेदवार विजयी भएपछि सुशासनयुक्त समृद्ध नगर स्थापित हुनेछ र देवचुलीले विकासले छलाङ मार्नेछ” उहाँले भन्नुभयो,”जनताको सुखदुःखमा सँगै रहेको र देवचुलीको चौतर्फी विकासका लागि केन्द्र तथा प्रदेशमा एमालेको सरकार छँदा अधिकतम बजेट विनियोजन गरेकाले एमालेको जित सुनिश्चित छ।” केही दिन अगाडि शशांक कोइराले पछिल्लोपटक चुनाव लड्दा नवलपुरमा ६ करोड खर्च गरेँ भनेर दिएको अभिव्यक्तिको खरो विरोध गर्दै महतले नवलपुरका जनतालाई खरिदविक्री गर्ने नेपाली काँग्रेसको हैसियत के हो भन्ने प्रश्न गर्नुभयो। नवलपुरको विकासनिर्माणका काममा बजेट विनियोजन नगर्ने तर चुनावमा भोट किन्न पैसा खर्च गर्ने काँग्रेसलाई कुनै पनि हालतमा भोट नदिन र जनता जनार्दनकै शक्तिले एमालेलाई जिताउनपर्ने कुरामा उहाँले जोड दिनुभएको थियो। ९५ जना युवा तथा विद्यार्थी सहभागीता रहेको सो कार्यक्रममा एमालेका नेताहरु रविन्द्र अधिकारी, हरि न्यौपाने, नरदेव न्यौपाने, खिमानन्द भुसाल, दिनानाथ भुसाल लगाएतले प्रशिक्षण दिनुभएको थियो।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology