नवलपुरमा क्षयरोगका ३ सय १२ जना बिरामी थपिए

NAWALPUR TIMES

नवलपुरमा क्षयरोगका ३ सय १२ जना बिरामी थपिए
Capture1648084899

राजु चापागाईं”राज”/नवलपुर । नवलपुरमा क्षयरोगका ३ सय १२ जना नयाँ बिरामी थपिएका छन्।

जिल्लाका आठ स्थानीय तहमा फागुन मसान्तसम्ममा ३ सय १२ जनाको सङ्ख्यामा बिरामी थपिएका स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

कार्यालयका सुचना अधिकारि एवं क्षयरोग फोकल प्रसन डिल्ली राम तिवारिका अनुसार जिल्लामा सबैभन्दा बढी गैंडाकोट नगरपालिकामा ६८ जना क्षयरोगका बिरामी थपिएका हुन ।

यस्तै कावासोति नगरपालिकामा ६७, देवचुलि नगरपालिकामा ६०,मध्यबिन्दुमा ४९, बिनयत्रीवेणिमा ३८, हुप्सेकोट गाउँपालिकामा १५,बुलिङटार गाउँपालिकामा ९ र बुङ्दिकालिमा ६ जनामा क्षयरोगका बिरामी थपिएका तिवारीले जनाए । गत आर्थिक वर्षमा जिल्लामा ४१६ जनामा क्षयरोग देखिएकोमा १८ जनाको मृत्यु भएको उनले बताए ।

नेपालमा हाल ६८ हजार नयाँ क्षयरोगका बिरामी भेटिएको तथ्याङ्कले देखाएको छ। तीमध्ये पाँच हजार २०० जना १४ वर्षमुनिका बालबालिका छन् भने ६३ हजार नयाँ बिरामी १४ वर्षमाथिका रहेको जिल्ला जनस्वास्थ्य सुचाना अधिकारि तिवारीले बताए। नेपालमा भेटिएकामध्ये दुई हजार २०० बहुऔषधि प्रतिरोधि बिरामी रहेका छन्। सङ्क्रमितमध्ये ३३ प्रतिशत महिला र ६३ प्रतिशत पुरुष रहेका छन्। नेपालमा हरेक वर्ष १७ हजार क्षयरोगका बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ।

जिल्ला जनस्वास्थ्य सुचना अधिकृत तिवारीका अनुसार नेपालमा प्रत्येक दिन १ सय ८९ नयाँ बिरामी भेटिने गरेका छन्। तीमध्ये १ सय १ बिरामी उपचारका लागि नआउने गरेका छन् । प्रत्येक दिन क्षयरोगका कारण ४७ बिरामीको मृत्यु हुने गरेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology