वन्यजन्तुको भारत बसाइँसराइ रोक्न विशेष कार्यक्रम

NAWALPUR TIMES

वन्यजन्तुको भारत बसाइँसराइ रोक्न विशेष कार्यक्रम
colorwali tiger xZQddCSpOR

विश्वमै दुर्लभ पाटे बाघ, एकसिङे गैँडालगायतका वन्यजन्तुको प्रमुख बासस्थान मानिएको चितवनमा वन्यजन्तुको बासस्थान विशेष सुधार कार्यक्रम लागू हुनेभएको छ । पछिल्ला वर्षमा बासस्थानमा देखिएको समस्याले पाटे  बाघ,  एकसिङे  गैँडा,  गौरी  गाईलगायतका  वन्यजन्तु भारततर्फ बसाइँ सर्न थालेपछि सरकारले चितवन राष्ट्रिय निकुञ्जभित्र बासस्थान विशेष सुधार कार्यक्रम लागू गर्न लागेको हो ।

सीमित  बासस्थान,  आहाराजन्य  जनावरको  कमीलगायतका कारणले निकुञ्जका बाघ बसाइँ सर्दै भारतसंँगको सीमा क्षेत्रमा रहेको वाल्मीकि बाघ संरक्षण केन्द्र पुगेको विज्ञहरूले औँल्याएको समाचार यसअघि गोरखापत्र  दैनिकले  फागुन  १५  गते  प्रकाशित  गरेको  थियो  ।

उक्त  समाचारका  आधारमा  सरकारले  नयाँ  कार्यक्रम ल्याउन लागेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार बासस्थानको गुणस्तरमा देखिएको समस्याले भारतको राम्रो बासस्थानतर्फ वन्यजन्तु बसाइँ सर्न थालेपछि सरकार यो कुरामा गम्भीर भएको हो ।
महानिर्देशक  डा.  कँडेलले  भने,  “राम्रो  बासस्थान  भएकोतर्फ  वन्यजन्तु  जानु  स्वाभाविक  हो । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको भारतको वाल्मीकि टाइगर रिजर्भमा बासस्थान सुधारका लागि उल्लेखनीय  कार्य  भएकाले  वन्यजन्तु  उता  जान  थालेको आभास भइरहेकाले नेपालका वन्यजन्तुलाई यतै  रोक्न  बासस्थान  विशेष  सुधार  कार्यक्रम  सञ्चालनका लागि तयारी भइरहेको छ ।’’ यो समाचार गोरखापत्र दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology