दुम्किवास प्रहरीले पक्रियो अबैध कपडा

NAWALPUR TIMES

नवलपुर । प्रहरीले दुम्किबासबाट अवैध कपडा बरामद गरेको छ । ट्रकमा भन्सार छली ल्याउँदै गरेको २४ बोरा कपडा बरामद गरी अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।

पूर्वपश्चिम मुख्यमार्ग अन्तर्गत विनयी त्रिवेणी गाउँपालिकाको वडा नं. १ स्थित दुम्किबास बजारबाट उक्त परिमाणको कपडा सहित ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको हो ।

ईलाका प्रहरी कार्यालय दुम्किबासको प्रहरी टोलीले सडक सुरक्षा चेकजाँचका क्रममा भन्सार छली अवैध रुपमा भित्र्याउँदै गरेको मालसामान सहितको ना ६ ख ११४ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

सामानको रित पुग्ने कुनै कागजात तथा बिल नभएपछि सामान सहित ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले बताए ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology