अनुगमन गर्न सडकमा निस्किए नवलपुरका सिडिओ घिमिरे

NAWALPUR TIMES

राज चापागाईं/कावासोती । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे शनिबार दिउसो सडकमा भेटिए ।

नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जन सहित सरकारी अधिकारीहरु सहित निस्किएका प्रजिअ घिमिरे सहितको टोलिलेकावासोतीको फलफुल चोक लगाएतको स्थानमा बिना माक्स हिडेका सर्वसाधारणलाई माक्स दिदै माक्स लगाएर हिडन आग्रह गरेको थियो।

प्रजिअ सहित निस्किएको टोलीले फलफूलचोकस्थित बस बिसौनीमा यात्रुबाहक बसहरुमा अनुगमन गरेको थियो भने यात्रुहरुलाई मास्क लगाउन प्रेरित गर्दौ खोप लगाएको–नलगाएको, खोप कार्ड भए नभएको, खोप नलिएकाहरुको गुनासा र समस्या समेत सुनेको थियो।

अनुगमनका क्रममा खोप केन्द्रको संख्या कम भएर भिडभाड भएकोले खोप लगाउन जादा संक्रमण हुने डर भएको हुँदा खोप केन्द्रको संख्या बढाउनु पर्ने गुनासो सर्वसाधारणबाट सुनेका घिमिरेले स्वास्थ्य कार्यालय र पालिकासँगको समन्वयमा आवश्यकता खोपकेन्द्र थपेर खोप सहज बनाउन पहल गर्ने बताए ।

अनुगमन क्रममा अर्को पटक देखि मास्क नलगाउने, खोप कार्ड लिएर नहिड्ने जस्ता न्यूनतम सावधानी र आदेश पालना नगरे तत्काल कार्वाही गरिने बताउदै घिमिरेले अनुगमन निरन्तर गरिने बताएका छ्न ।

त्यस्तै प्रजिअ सहितको टोलिले मेडिकल, औषधि पसलमा हाल अभाव रहेको भनिएको सिटामोलको अवस्था र सिटामोल विक्री गर्दा विरामीलाई दिईने मात्राको बारेमा समेत सोधखोज गरेको थियो ।

पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गए पछि स्थानीय प्रशासनले कडाई सुरु गरेको हो । जिल्लामा शनिबार सम्म ५ सय ५९सक्रिय कोरोना संक्रमित पुगेका छ्न । जिल्ला सदरमुकाम समेत रहेको कावासोतीमा सबै भन्दा धेरै २ सय १३ जना सक्रिय कोरोना संक्रमित रहेका छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology