नवलपुरमा सामाजिक विकास कार्यालय स्थापना

NAWALPUR TIMES

नवलपुरमा सामाजिक विकास कार्यालय स्थापना
1633055817606

गण्डकी प्रदेश सरकारले नवलपरासी पूर्व कावासोतीमा सामाजिक विकास कार्यालय स्थापना गरेको छ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका कार्यक्रम कार्यान्वयनका लागि जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गरिएको हो। अन्य जिल्लाहरुमा जिल्ला शिक्षा इकाई समन्वयको कार्यालयहरुमा नै कार्यालय स्थापना गरीएको भए पनि नवलपुरमा सरकारी कार्यालयको भवन नभएकोले भाडामा लिई कार्यालय स्थापना गरीएको छ ।

 

कार्यालयको बुधबार उद्घाटन गर्दै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले अन्य कार्यालयको सेवाग्राहीभन्दा सामाजिक विकास कार्यालयको सेवाग्राही फरक भएकाले संवेदनशील भएर सेवा प्रवाह गर्नुपर्ने बताए।

उनले बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई सहज रूपमा सेवा प्रवाह गर्न कार्यालय स्थापना गरिएको जानकारी दिँदै ११ वटै जिल्लामा कार्यालय स्थापना गर्ने निर्णय भएको बताए।

 

प्रदेश सरकार जनताप्रति उत्तरदायी हुन र जनतासँग नजिक रहेर काम गर्ने उद्देश्यसहित सामाजिक विकास कार्यालय स्थापना गरिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने, ‘सहकार्य र सहअस्तित्वका आधारमा तीन तहको सरकारबीच समन्वय गरेर काम गर्नुपर्छ।’

मन्त्री श्रेष्ठले सबै नागरिक स्वस्थ र शिक्षित भए मात्रै देश विकास सम्भव रहेकाले हरेक नागरिकलाई शिक्षित र स्वस्थ बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

हिंसापीडित महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिलाई सहज सेवा दिन कार्यालय स्थापना गरिएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology