हुप्सेकोट पहिरोमा बेपत्ता भएका तीन जनाको अबस्था अझै पनि अज्ञात

NAWALPUR TIMES

हुप्सेकोट पहिरोमा बेपत्ता भएका तीन जनाको अबस्था अझै पनि अज्ञात
1630070313852

कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ मा पर्ने माथिल्लो चार घरेमा शुक्रबार बिहान गएको पहिरोमा परि वेपत्ता भएका ३ जनाको अबस्था अझै अज्ञात रहेको छ ।

उनिहरुको बिहानै देखि खोजी कार्य भईरहेपनि उनिहरुको अबस्थाबारे अझै थाहा हुन नसकेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेबी पाण्डेले बताईन् । “ उद्धार र खोजी कार्यका लागि जनशक्ती अत्यन्त कम छ , त्यसकारणले पनि अप्ठ्यारो भईरहेको छ , पानी परिरहेकाले पनि खोजी कार्य प्रभावित बनेको छ ।” पाण्डेले भनिन् ।

पहिरोमा परि वेपत्ता हुने एकै परिवारका हुन् । पहिरोमा परि एकजना घाईते भएका छन् । घाईते हुनेमा स्थानीय हस्त बहादुर पुलामी रहेका छन् । उनको उपचार भइरहेको छ । वेपत्ता हुनेहरुमा हरु हस्तबहादुरकी श्रीमती धन माया पुलामी र नातिनिहरु भुमिसरा पुलामी र देउमाया पुलामी रहेका छन् । यो समाचार तयार पार्दा सम्म उनिहरुको अबस्था अज्ञातनै छ । पहिरोले हस्तबहादुरको घरमा पुर्णरुपमा क्षती पुगेको छ भने पशु चौपायाहरु हरु पनि मरेका छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology