चालीस किलोमा बस दुर्घटना हुँदा १७ जना घाइते

NAWALPUR TIMES

चालीस किलोमा बस दुर्घटना हुँदा १७ जना घाइते
accident 12khari1613804015

काठमाडौं । नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–१६, चालीस किलोमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा ना५ख ६५६७ नम्बरको बस शनिबार बेलुका करिब पौने ८ बजे आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएका चारजनालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुर ल्याइएको छ । अरू घाइतेहरु मध्यविन्दु जिल्ला अस्पताल डन्डामा उपचार पछि डिस्चार्ज भएका प्रहरीले जनाएको छ ।।

बससहित चालकलाई जिल्ला प्रहरी कार्यालय नवलरासी सुस्तापूर्वले नियन्त्रणमा लिएको जनाइएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology