दाउन्नेबाट अबैध कपडा बरामद

NAWALPUR TIMES

दाउन्नेबाट अबैध कपडा बरामद
kapada

नवलपुर ।दाउन्नेबाट प्रहरीले अवैध कपडा नियन्त्रण नियन्त्रणमा लिएको छ । बिनयी त्रिबेणी गाउँपालिका वडा नं. २ दाउन्ने बजार स्थित पूर्व पश्चिम मुख्यमार्गका चेकजाँजका क्रममा प्रहरीले मंगलवार भन्सार छलेका अवैध सामान बरामद गरेको हो ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउदै गरेको लु १ ज ३२०८ नम्बरको विङगर गाडीमा सामान फेला परेको हो ।

प्रहरीले तन्ना २३ थान, सुती साडी ४३ पिस, लुङगी ३५ पिस, सल ५३ पिस, कुर्था सुरुबाल ५२ पिस, नेताजी गम्छा ७० पिस, चुन्नी, ६२ पिस, सिल्की साडी ११ थान, धोती पट्टा २६ पिस, दोसल्ला १० पिस, लुङगी थान कपडा ४० मिटर, मखमल ४ साडी, कुर्थी;– ५ पिस, साडी बलाउज ११ सेट, थान कपडा ३७८ मिटर, कुर्था कपडा ४६८ मिटर, भेल्बेट कपडा १०० मिटर, धजा कपडा २७९ मिटर, व्लाउज कपडा १६ मिटर, सर्ट कपडा ४२ मिटर, साडी कपडा;– ३० मिटर वरामद गरी अनुसन्धानमा राखिएको जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology