गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए शपथ

NAWALPUR TIMES

काठमाडौँ – गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । हिजो बसेको मन्त्रिपरिषद्बाट नियुक्त भएका उनीहरुले आज शपथ लिएका हुन् ।  मन्त्रिपरिषद्को सिपारिसमा मंगलबार विद्यादेवी भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गरेकी थिइन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको  शपथ ग्रहण समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै मन्त्रीहरू, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सभामुख अग्निप्रसाद सापकोटालगायत सहभागी थिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology