कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयले जेठ २१ गते सर्कुलर पठाएर सङ्घीय सांसदहरूलाई सांसदको भूमिका र पार्टीको केन्द्रीय संरचनामा नीति निर्माण तहमा केन्द्रित रहन आग्रह गरेको छ ।
नवलपुर-१ बाट निर्वाचित सांसद तथा वर्तमान सभापति गौतम यो सर्कुलरको घेरामा पर्न सक्छन् । यस अघि मनोनीत सभापति भएका कारणले अधिवेशनबाट चुनिएर सभापति बन्ने तयारीमा रहेका गौतमलाई केन्द्रको पछिल्लो सर्कुलरले नैतिक संकटमा पार्ने देखिएको छ ।
गौतम सँगै गण्डकीको सभापतिका लागि वर्तमान महासचिव नवीन त्रिपाठी, लौरो अभियान हुँदै रास्वपामा जोडिएका डा.हरि कार्की र कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका पुर्व मन्त्री कुमार खडका लगाएतका नेताहरुले दाबेदारी प्रस्तुत गरेका छ्न ।
सभागृहमा हुने अधिवेशनलाई केन्द्रीय नेताहरूले उद्घाटन गर्ने कार्यक्रम छ । अहिले सबैजसोको ध्यान प्रदेश अधिवेशनबाट आउने नेतृत्वमा केन्द्रित छ । जिल्ला र स्थानीय तहको अधिवेशन सकेर प्रदेश अधिवेशनमा जुटेको रास्वपाले प्रदेशको नेतृत्व सकेसम्म शुक्रबार, नभए शनिबारसम्म छानिसक्ने छ ।
यस्तो छ केन्द्रिय कार्यालयले सांसदहरुलाई गरेको सर्कुलर

Facebook Comment