भारतिय ट्रक पल्टिदा ३ जना घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ११ गते ९:१७
भारतिय ट्रक पल्टिदा ३ जना घाईते
Accident sketch1614604753

कावासोती । नवलपुरको विनयीत्रिवेणी गाउँपालिका २ दाउन्नेको पूर्व पश्चिम राजमार्गमा ट्रक आफै अनियन्त्रित भई पल्टीदा तीन जना घाइते भएका छन् ।

हिजो राति साँढे ९ बजेतिर युके १७ सीए २०८१ नम्बरको केरा लोड भएको भारतिय ट्रक आफै अनियन्त्रित भई राजमार्ग बाट करिव १५० मिटर तल खसेको थियो ।

दुर्घटनामा चालक सिद्रापुर जिल्ला हैदराबाद भारत बस्ने वर्ष ३२ को ईरसाद मुस्लिमको शरिरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिलीप गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्रकमा सवार–सुनौली न.पा.१३ जुगौली महाराजगंज भारत बस्ने वर्ष ३८ को अब्दुल समद  शरिरको विभिन्न भागमा चोट अवस्था गम्भिर रहेको र सह–चालक–भारत उत्तर प्रदेश बस्ने वर्ष २७ को कल्लु खान– शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम रहेको छ ।

उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र ट्रक घट्नास्थलमा रहेको   सुचना अधिकारी प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

 

प्रकाशित : २०७८ साउन ११ गते ९:१७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI