कावासोतीमा भेटिएको बम नेपाली सेनाद्वारा निष्क्रिय

NAWALPUR TIMES

कावासोतीमा भेटिएको बम नेपाली सेनाद्वारा निष्क्रिय
ginat bam

कावासोती । पुर्वी नवलपरासीको कावासोती-१४ मा बेवारीसे अवस्थामा फेला परेको ग्रिनेट बम नेपाली सेनाको प्राविधिक टोलिले निष्क्रिय पारेको छ ।

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी दिलिपकुमार गिरीका अनुसार नवलपरासीको झ्यालटुङ्ग डाँडाबाट आएको नेपाली सेनाको टोलिले दिउँसो १:२० बजेको समयमा बमलाई डिस्पोजल गरेको हो ।

कावासोती–१४ का कृषकहरुले खेतमा पानी लगाउनका लागी डन्जेर खोलामा बाधमा लगाउने सेउला काट्ने क्रममा झाडी भित्र आधा भाग गडेको अवस्थामा ग्रिनेट बम फेला पारेका थिए । ग्रिनेट बम फेला पारेपछि उनीहरुले प्रहरी चौकीमा खवर गरेका थिए ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology