काँग्रेसको पौडेल पक्षले थपिएका क्रियाशील सदस्य नमान्ने, देउवामाथि फर्जीको आरोप

NAWALPUR TIMES

काँग्रेसको पौडेल पक्षले थपिएका क्रियाशील सदस्य नमान्ने, देउवामाथि फर्जीको आरोप
ramchandra paudel prakashman singh sasanka koirala

काठमाडौं, ९ असार । नेपाली काँग्रेसभित्र क्रियाशील सदस्यता वितरणमा व्यापक फर्जी गतिविधि भएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले नमान्ने भएको छ । आज महामन्त्री सशांक कोइरालाको टोखास्थित निवासमा बसेको पौडेल पक्षको बैठकले त्यस्तो निष्कर्ष निकालेको छ ।

बैठकपछि वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता वितरणमा व्यापक छानविन भएपछि मात्र टुंगो लगाउनुपर्ने स्पष्ट पारे । व्यापक छानविन गरेर यकिन जानकारी लिएपछि मात्र कार्यतालिका अनुसारको काम अगाडि बढाउनुपर्ने बताए ।

आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजालका अलावा नेताहरु प्रदीप पौडेल, कल्याण गुरुङ, जीवन परियारलगायत सहभागी थिए । बैठकमा क्रियाशील सदस्यता वितरण गर्दा देउवाले आफू अनुकूलकाको मात्र नाम राखेको भन्दै गम्भीर विषयहरु उठेका थिए ।

त्यसपछि नेताहरुले फर्जी र योजनावद्ध तरिकाले आफ्ना मान्छे राखेको छानविन गरेर मात्र कार्यतालिका अगाडि बढाउनुपर्ने एजेन्डा बनाएका थिए । आफ्नो पक्षको निष्कर्ष निकालेर सिनामंगलमा हुने क्रियाशील सदस्यताको छानविन समितिको बैठकका लागि निस्केका छन् । पौडेल पक्षबाट क्रियालील सदस्यताको छानविनमा प्रदीप पौडेल, कल्याण गुरुङ्ग र जीवन परियार छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology