काँग्रेसले दियो सुनील थापा समूहलाई ५५ जना महासमिति सदस्य (नामावलीसहित)

NAWALPUR TIMES

काँग्रेसले दियो सुनील थापा समूहलाई ५५ जना महासमिति सदस्य (नामावलीसहित)
congress flag 3joqJPnluA

प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी पार्टीमा समाहित भएको सुनील थापा समूहलाई ५५ जना महासमिति सदस्य दिएको छ ।

उपसभापति विमलेन्द्र निधि नेतृत्वको अन्तर पार्टी समायोजन समितिले केन्द्रीय समितिको निर्णयअनुसार थापाको समूहलाई ५५ जना महासमिति सदस्य दिएको हो

जसमा सहमहामन्त्री थापासहित १० जना काँग्रेस केन्द्रीय कमिटीमा समेत छन् । काँग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने ।

समायोजनका नाममा थापा समूहका ४५ जनाले भने १४ औं महाधिवेशनको प्रतिनिधि हुने भएकाले वडाबाट चुनाव जितेर आउनुपर्ने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काँग्रेसमा महासमिति सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुने भए पनि निर्वाचित भएर आउनुपर्ने प्रावधान छ ।

थापा समूहले १ सय ५० जना महासमिति सदस्य माग गरेपनि असार ८ गते ५५ जनालाई समेटिएको छ । केही जिल्लाको समायोजन हुन बाँकी रहेका अझै केही सदस्य थपिने बुझिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology