देउवाले काँध फेर्ने बेला आयो, सभापतिमा मेरो उमेदवारी रहन्छ : गोपालमान श्रेष्ठ

NAWALPUR TIMES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिको उमेदवारका लागि प्रदेशका केन्द्रीय सदस्यहरुसँग गरेको छलफलमा सो समूहका प्रभावशाली नेता गोपालमान श्रेष्ठ भने उपस्थित भएनन् ।

आइतबार सभापति देउवाले गण्डकी प्रदेशका आफू निकट केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए ।

श्रेष्ठ देउवालाई लामो समयदेखि नजिकबाट सहयोग पुर्‍याउने नेता हुन् ।

Duber nepal
“उहाँले आफ्नो उमेदवारीकै विषयमा छलफल गर्न बैठक बोलाउनुभएको हो भन्ने मैले थाहा पाइहालेँ,” श्रेष्ठले बाह्रखरीसँग भने, “उहाँलाई मैले एकवर्ष पहिले नै भेटेर अब पार्टी सभापतिमा मैले उमेदवारी दिने हो । तपाईंले सहयोग गर्नुस् भनेको हुँ । अहिले उहाँले आफू नै सभापति हुनका लागि जसरी बैठक गर्नुभएको छ । त्यो जानेर म नगएको हुँ ।”

उनले अब १४ औँ महाधिवेशनमा आफू नै सभापतिको उमेदवार भएकाले तयारी पनि थालेको जानकारी दिए ।

“सहमति पनि मेरै नाममा हुन सक्छ,” श्रेष्ठले भने, “रियल उमेदवार नै म हो । शेरबहादुर देउवापछिको नेता मै हुँ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हो । सभापतिमा म आफैं अघि बढ्ने हो ।”

उनले देउवालाई तत्कालीन शाही आयोगले थुन्दा आफू नै आन्दोलनको नेतृत्व गरेर अघि बढेको र पार्टीमा पनि कार्यवाहक भएर राम्रोसँग काम गरेको बताउँदै अब देउवाले काँध फेर्ने बेला आएको बताए ।

“देउवालाई शाही आयोगले थुन्दा म नै कार्यवाहक भएर आन्दोलन हाकेँ,” उनले भने, “१२ बुँदेमा हस्ताक्षर गर्ने एक नेता हुँ । १२ औँ महाधिवेशनमा उहाँलाई सभापति बनाउन खोजेकै हो सकिएन, १३ औँमा बनाइयो । अब त उहाँले काँध फेर्ने बेला भयो नि ।”

नेता श्रेष्ठले एक वर्षअघि नै आफूले देउवालाई उमेदवारीबारे जानकारी गराएको र यसअघि पनि देउवाले आफूलाई नै नेतृत्व छाडिदिने आश्वासन दिएको बताए ।

“करिब एकवर्ष पहिले नै अभियान चलाएको हुँ,” उनले भने, “एकवर्ष पहिला पनि भनेको हुँ । अब मेरो पालो हो भनेर, अब उमेरले पनि दिँदैन । मैले उहाँलाई अब म उमेदवार हुँ भन्दा मैले तपाईंलाई नै हो छोड्ने भनेर भन्नुभएको हो । त्यो बाचा पनि अब उहाँले पूरा गर्नुपर्ने बेला आएको छ ।”

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology