काठमाडौँ। नेपाली काँग्रेसले सबै भन्दा तल्लो संरचना वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्म को संशोधित कार्य तालिका अनुमोदन गरेको छ।
काँग्रेसको बिहीबार र शुक्रवार बसेको केन्द्रीय समिति बैठकले पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्मको महाधिवेशनको कार्य तालिका अनुमोदन गरेको हो।
जसअनुसार अब गाउँ/नगर वडा अधिवेशन १२ साउन, गाउँ नगरपालिका अधिवेशन १६ साउन, प्रदेश सभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन र प्रदेश अधिवेशन १ र २ भदौमा हुने भएको छ।
यस्तै केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म हुने तय भएको छ। सो प्रस्ताव बिहीबारको केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेका थिए।
Facebook Comment