नवलपुर , जेठ ५ । चौधरी उद्योग ग्रामले बुधबार ४० वटा अक्सिजन सिलिन्डर रिफिल गरि जिल्ला प्रहरी कार्यालय नवलपुर मार्फत जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको छ ।
सरकारको एक द्वार प्रणाली मार्फत सहयोग गर्ने निति अनुसार अक्सिजन वितरणमा समस्या नहोस् भन्दै जिल्ला प्रहरी कार्यालय मार्फत जिल्ला प्रशासन कार्यालयलाई बिहिबार सिलिन्डर हस्तान्तरण गरिएको चौधरी उद्योग ग्रामले जनाएको छ । कोरोना महामारीमा जिल्लामा अक्सिजन अभाव हुन नदिन जिल्ला अस्पताल तथा नगर अस्पतालको लागि भनेर अक्सिजन सिलिन्डर रिफिल हस्तान्तरण गरिएको हो ।
यस अघि चौधरी उद्योग ग्रामले ६५ वटा अक्सिजन सिलिन्डर रिफिल गरि जिल्लामा हस्तान्तरण गरि सकेको छ।
प्रकाशित : २०७८ जेठ ५ गते १४:२६
Facebook Comment