कालिगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

NAWALPUR TIMES

कालिगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

कावासोती । नवलपुरको गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

गए राति ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु १ क ४४३७ नम्बरको क्रेन ओरालो सडकमा ब्रेक फेल भई सडकको बायाँ किनाराको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

दुर्घटनामा क्रेन चालक पाल्पाको तानसेन नगरपालिका घर भई हाल मध्यविन्दु नगरपालिका–११ बस्ने २५ वर्षीय निरज अस्रामी मगर, क्रेनमा सवार मध्यविन्दु–११ का ६० वर्षीय दिलबहादुर कुमाल, २७ वर्षीय निर्मल दराई, ५२ वर्षीय पूर्णप्रसाद दराई, ५३ वर्षीय अर्जुनबहादुर दराई र ५० वर्षीय अमर दराई घाइते भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

सबै घाइतेलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । क्रेनमा क्षति पुगेको छ भने दुर्घटनाग्रस्त सवारी घटनास्थलमै रहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology