सहायक प्रमुख जिल्ला अधिकारीको खानामा शङ्खे किरा, होटललाई ५० हजार जरिवाना

NAWALPUR TIMES

सहायक प्रमुख जिल्ला अधिकारीको खानामा शङ्खे किरा, होटललाई ५० हजार जरिवाना

कावासोती । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-२ स्थित रोयल कटेज रेस्टुरेन्टलाई जिल्ला अनुगमन समितिले ५० हजार जरिवाना गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले खाना खानेक्रममा खानामा शङ्खे किरा भेटिएपछि होटलमा जिल्ला अनुगमन समितिले अनुगमन गरेको थियो । अनुगमनको क्रममा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड उल्लंघन गरेको, होटलमा प्रयोग भएको सामग्रीसमेत अस्वस्थकर भेटिएपछि जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी सहित घरेलु तथा साना उद्योग कार्यालय लगायतको संयुक्त अनुगमन टोलीले तत्काल अनुगमन गरेर ५० हजार जरिवाना र आगामी दिनमा यस्तो गल्ती नगर्न निर्देशन दिएको थियो ।

बर्दघाट नगरपालिकाका वडाहरुलाई बालमैत्री घोषणाका लागि अनुगमनमा निस्किएको टोलीले अनुगमनपश्चात् उक्त होटलमा खान गएका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology