डब्ल्यूएचओलाई नेपालमा तत्काल खोप आपूर्ति गर्न राष्ट्रसंघीय मिसनको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १ गते १७:०१
डब्ल्यूएचओलाई नेपालमा तत्काल खोप आपूर्ति गर्न राष्ट्रसंघीय मिसनको आग्रह

काठमाडौं । काठमाडौंस्थित राष्ट्रसंघीय मिसनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई नेपालमा तत्काल कोरोना भाइरसविरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेको छ ।

शनिबार राष्ट्रसंघीय आवसीय प्रतिनिधि सारा ब्यास्लो न्यान्तीले ट्वीट गर्दै डब्ल्यूएचओका प्रमुखलाई यस्तो आग्रह गरेकी हुन् ।

 

नेपालमा कोरोना संक्रमण उच्च रहेको भन्दै उनले भनेकी छन्, ‘के विश्वले सुनिरहेको छ ? विश्वमै संक्रमित दर उच्च रहेको तथ्यांक आफैले पनि बोलिरहेको छ । खोप नेपाल पठाउनुस् ।’

कोभ्याक्स सुविधाअन्तर्गत कम आय भएका मुलुकमा डब्ल्यूएचओले कोरोनाविरुद्धको खोप आपूर्ति गर्दै आएको छ ।

उक्त सुविधाअन्तर्गत नेपालाई १ करोड ३० लाख मात्रा खोप डब्ल्यूएचओले दिने जनाएको छ । गत फागुन २३ गते सो खोपको ३ लाख ४८ हजार डोज नेपाल आइसकेको छ ।

प्रकाशित : २०७८ जेठ १ गते १७:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI