दाङमा स्कूल बस दुर्घटनाः एकको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

NAWALPUR TIMES

दाङमा स्कूल बस दुर्घटनाः  एकको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते
accident bus

दाङमा स्कूल बस दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा  तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए ।

दुर्घटनामा परी २२ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

तुलसीपुर उपमहानगरपालिका–१५ कोठेरीबाट आज बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको बस  एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology