हत्या आरोपमा एमाले नेता युवराज बाँस्कोटा पक्राउ

NAWALPUR TIMES

हत्या आरोपमा एमाले नेता युवराज बाँस्कोटा पक्राउ
photo 4

काठमाडौं, २६ फागुन । सर्वाेच्च अदालतले एमाले माओवादी पूर्ववत् अवस्थामा भएको फैसलाअघि नेकपा अलग हुँदा प्रधानमन्त्री केपी शर्माले पार्टीको केन्द्रीय सदस्य बनाएका मोरङका युवराज बाँस्कोटालाई हत्या आरोपमा पक्राउ गरिएको छ ।

बुधबार मोरङको पथरीशनिश्चरे–१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा संलग्न बास्कोटालाई प्रहरीले पक्राउ गरेको हो।

 

गत पुस १४ गते भण्डारी पथरीशनिश्चरे २ मंगलबारेस्थित युवराज बाँस्कोटाको घरमा मृत फेला परेका थिए। त्यसपछि मृतकका परिवारले २६ पुसमा ‘कर्तब्य ज्यान’ मुद्दामा बाँस्कोटाविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए।

किटानी जाहेरी परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको उनको अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। किटानी जाहेरी परेपछि मोरङ अदालतदेखि मंगलबार पक्राउ पूर्जी जारी दिएपछि उनलाई पथरीदेखि पक्राउ गरिएको जनाइएको छ ।

मृत अवस्थमा फेला परेका भण्डारीको शरीरमा निलडाम र कानमा पनि चोट देखिएको मृतककी आमा राधिका भण्डारीको भनाई रहेको छ । न्युज २४ बाट सहाबार

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology