दुबै मृगौला पिडित मिना सुनारलाई युनियन लाइफ इन्स्योरेन्सको सहयोग

NAWALPUR TIMES

दुबै मृगौला पिडित मिना सुनारलाई युनियन लाइफ इन्स्योरेन्सको सहयोग
received 129534502323015

माघ-८ नवलपुर
नवलपुरको कावासोती ६ निवासी दुबै मृगौला पिडित मिना सुनारलाई युनियन लाइफ इन्स्योरेन्स कावासोती शाखाले आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
मिनाको जीवन रक्षामा सहयोग पुगोस भनेर इन्स्योरेन्सको तर्फबाट रु ११,०००( अक्षरुपि एघार हजार) सहयोग गरेको कावासोती शाखाका प्रबन्धक शिव कुमालले बताउनु भयो।
आज भएको सहयोग हस्तान्तरण कार्यक्रममा कतारमा कार्यरत राहुल रानाको तर्फबाट आमा मुमा रानाले पनि रु.१०,०००( दश हजार) हस्तान्तरण गर्नु भएको छ।
कार्यक्रममा देश विदेशबाट अहिले सम्म प्राप्त भएको आर्थिक सहयोगको बारेमा जानकारी गराइएको थियो।
मिनालाई आफ्ना बुबा देव बहादुर सुनारले मृगौला दिने हुनुभएको छ।
सुनार परिवारले मृगौला प्रत्यारोपणमा ३५ देखि ४० लाख सम्म लाग्ने हुनाले थप आर्थिक सहयोग गरिदिन देशविदेशमा रहनु भएका नेपालीहरुलाई आग्रह गर्नुभएको छ । मिनाको अहिले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार भैरहेको छ।मिनाको उपचारलाई आर्थिक सहयोग गर्न चाहनुहुनेले शेर बहादुर सुनारको नाममा कुमारी बैंक कावासोती शाखामा रहेको खाता नं. ०२३००१४४२३९००००१ मा रकम जम्मा गर्न सक्नुहुनेछ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology