फ्रान्समा पनि पुष्टि भयो रुपान्तरित नयाँ कोरोना भाइरसको संक्रमण

NAWALPUR TIMES

फ्रान्समा रुपान्तरित नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फ्रान्समा पहिलो पटक देखिएको हो । नयाँ प्रकारको कोरोना भाइरस यसअघिको भन्दा संक्रामक छ ।
डिसेम्बर १९ मा लण्डनबाट आएका फ्रान्सेली पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी टोर्स शहरका बासिन्दा रहेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमित व्यक्तिमा कुनै पनि लक्षण नदेखिएको र अहिले उनी सेल्फ आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बेलायतमा रुपान्तरित कोरोना भाइरसको संक्रमण देखिएपछि विभिन्न देशले यात्रा प्रतिबन्ध लगाएका थिए । फ्रान्सले पनि सीमा बन्द गरेको थियो, तर गएको बुधबारदेखि पुनः खुला गरिएको हो ।
२१ डिसेम्बरका अस्पतालमा परीक्षण गर्दा ती व्यक्तिमा संक्रमण देखिएको हो । बेलायत बस्दै आएका ती फ्रान्सेली व्यक्तिबारे थप जानकारी दिइएको छैन ।
कोरोना भाइरसको रुपान्तरित स्वरुपको संक्रमण पहिलोपटक गएको सेप्टेम्बरमा इंग्ल्याण्डमा पुष्टि भएको थियो । त्यसकै कारण पछिल्ला दिनहरुमा संक्रमण तीव्र भएको ठानिन्छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology