दिपिका भण्डारी
हातमा काडाले घोच्दा रुने म,
त्यो पापीले केके गोबेन म माथि।
सानो चोट लाग्दा नि आमा भनेर बोलाउने गर्थे,
आज सुनसान ठाउँमा आएर फसे म,हेर साथी ।।
कस्तो राष्ट्रमा जन्मेकी अभागी रैछु म,
बलात्कारीले खोस्यो इज्जत,चुडि लयो सास।
महिला राष्ट्रपति भएकै देशमा पाइन नारीले न्याय,
बलात्कारीलाई भन्दा अरुलाई सजाय दिन्छन् यहाँ खास।।
कहाँ सोचेकी थिएँ र सानै उमेरमा संसार छोड्छु भनी,
आमा, मेरो गल्ती थियो र म नारी हुनुमा?
सबैले छोरीलाइ साना लुगा नलगाउ भन्छन् ,
त्यो भन्दा बरु कति जाती हुन्थ्यो छोरालाइ.
नारीको इज्जत गर भनि सिकाउनुमा।।
हरेक पुरुषले फेसबूक पेजमा बलात्कार नगरौं भनि लेख्छन्,
यथार्थमा ती पुरुषले नै नारीलाइ दामि माल देख्छन्।
बिडम्बना ,म त्यस्तै पापी पुरुषको बिचमा फसेछु,
दाजु,छोड्नु मलाई भनेको खेर गयो भनी सोँचेछ।।
पुरुषले भन्छन् एक्ली महिलालाई समस्या आइपर्छ,
पुरुष आफै सोच्दैनन,त्यो समस्या आफै हुन् भनि।
नारी एक्लै जिउन सक्छन् चाहिन्न कोहि,
यिनले केही गर्न सक्दैनन् भनी नसोँच है।।
मसंग घटेको घटना सुनी, डराउछन अरु नारी,
नारीलाइ सानो नसोच पर्छन् एकदिन,यी संसारलाई भारी।
पराइले मात्र कहाँ हुनु,आफ्नैले गर्छन् बलात्कार यहाँ,
बलाकृत हुन नपर्ने ठाँउ भेटिन्छ कहाँ,भेटिन्छ कहाँ?
मसंग घटेको घटना कसैको जिवनमा नघटाेस,
मेरा आमाबाबा झै न्यायको लागि,अरु भट्किन नपरोस्।
नराम्रा पुरुषलाई आउन नदेउ नारी,तिम्रो छेउ,
मलाइ न्याय चाहिएको छ,(मलाइ न्याय देउ)२।।
महिला राष्ट्रपतिले यहाँ सारी र गाडीबारे सोच्छिन,
अनि कहाँबाट यिनले बलात्कृत नारीको पिडा बुझ्छिन्।
आमाबाबाको सपना पूरा गर्न सकिन मैले,
हे भगवान मैले न्याय पाउछु कहिले,मैले न्याय पाउछु कहिले?
यस कवितामा त म निर्मला जस्ता हजारौँ बलात्कृत पात्र बने,
तर यथार्थमा कोहि पनि निर्मला नबनुन।।
लिटिल एन्जल स्कुल
कक्षा १०
नवलपरासी बर्दघाट सूस्ता पश्चिम, परासी।
प्रकाशित : २०७७ कार्तिक ७ गते १३:०१
Facebook Comment