पृथ्वीराजमार्गका २० ठाउँमा पहिरो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ८ गते १६:१४
पृथ्वीराजमार्गका २० ठाउँमा पहिरो
;jf/L ;fwgsf] nfOg bdf}nL, ( ;fpg M k[YjL /fhdfu{ cGtu{t tgx'Fsf] aGbLk'/ ufpFkflnsf–! gfxfnfdf ;8s efl;P/ cj?4 ePkl5 8'd|] ahf/df ;jf/L ;fwgsf] nfOg . ;8s dd{tsf nflu z'qmaf/ / zlgaf/ pQm dfu{df 7"nf ;jf/L ;fwg ;~rfngdf /f]s nufOPsf] 5 . t:jL/ M s[i0f Gof}kfg]÷ /f;;

धादिङ, ८ असोज: दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो गएको छ । सडकमाथिबाट आएको पहिरो र लेदोले राजमार्ग क्षतविक्षत भएको छ ।

जोगीमारा, मौवा खोला, जवाङखोला, तिकराङ, गजुरीको घाटबेंसीलगायत २० भन्दा बढी स्थानमा पहिरो गएको सडक साइट कार्यालय गजुरीका प्रमुख इञ्जिनीयर कृष्णराज अधिकारीले बताए ।

राजमार्गमा पहिरो आएको र केही स्थानमा सडक भासिएपछि यातायातका साधन चल्न कठिनाइ भएको छ । सडक विभागको डोजरले राजमार्गमा आएको पहिरो पन्छाउँदै गरेको भए पनि अविरल वर्षाले गर्दा माथिबाट पहिरो झरिरहेको छ ।
राजमार्गमाथि बनाइएका शाखा सडक खन्दा व्यवस्थापनमा ध्यान नदिइएका कारण राजमार्ग अवरुद्ध हुने गरी पहिरो आइरहेकाले सडक विभाग छिटो राजमार्ग सञ्चालनमा खटिएको जनाइएको छ ।

धादिङ खण्डमा ७४ शाखा सडक खनेका कारण राजमार्ग सानो पानी पर्दा पनि पहिरो र लेदो झरेर राजमार्ग अवरुद्ध हुने गरेको छ ।

जताततै पहिरो आएका कारण सडकमा एकतर्फी यातायात सञ्चालन भएको छ । सडकका विभिन्न स्थानमा डोजरलाई तयारी अवस्थामा राखिएको छ । प्रहरीले सवारी साधनलाई सुरक्षित भएर मात्र यात्रा अघि बढाउन सुझाव दिएको छ ।-रासस

प्रकाशित : २०७७ असोज ८ गते १६:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI