कोरोनाका कारण मृत्यु हुनेको संख्या १०२ पुग्यो

NAWALPUR TIMES

कोरोनाका कारण मृत्यु हुनेको संख्या १०२ पुग्यो
Untitled 1 5 2 1

काठमाडौँ, ३१ साउन । नेपालमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय २ जना पुगेको छ ।

गत २४ घण्टामा थप ३ जनाको मृत्यु पुष्टि भएसँगै मृतकको संख्या १०२ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मलेनमार्फत पछिल्लो २४ घण्टामा थप ४ सय ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि र ३ जनाको मृत्यु भएको बताए ।

देशभर संक्रमितको संख्या २६ हजार १९ जना पुगेको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हाल देशभर ८ हजार १ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा थप १ सय २४ जना कोरोनामुक्त भएका छन् । यससँगै निको हुनेको संख्या १७ हजार २ सय १ जना पुगेको मन्त्रालयले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology