स्थिरताका लागि बहुमत दिनुहोस, हामी विकास दिन्छौ : डा. कोइराला

NAWALPUR TIMES

स्थिरताका लागि बहुमत दिनुहोस, हामी विकास दिन्छौ : डा. कोइराला
received 8172824866092184

कावासोती । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधि सभा तर्फका उम्मेदवार डा.शशांक कोइरालाले राजनैतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफुहरुले बहुमत पाए स्थिरता सहित विकास दिने बताउनु भएको छ ।

मंगलबार नवलपुरको दलदलेमा लोकतान्त्रिक वाम गठबन्धनको अगुवा कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै नेता कोइरालाले भन्नू भयो, “हामीलाई बहुमत दिनुस बिचैमा विघटन गर्दैनौ स्थिरता सँग सँगै विकास दिन्छौ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै कोईरालाले अथक संघर्षबाट बनाईएको संविधान च्यात्न ओली लागेकाले ओली र उनको पार्टी एमाले विरुद्ध संविधानको रक्षा गर्न गठबन्धन बनेकाले संविधानको रक्षा स्थिरता र विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनु विकल्प नरहेको बताउनु भयो ।

आफू चौथो पटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न अगाडी बढेको बताउदै कोइराला यस अघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काममा खर्चिएको र अबको कार्यकाल नवलपुरलाई नमूना बनाउने कार्यकाल हुने दाबी गर्नु भयो ।

“जिल्लामा स-सानाकाम त भएकै छ्न, अबको कार्यकाल भनेको विकासको कार्यकाल हो, संविधान बन्यो, कार्यान्वयन भयो अबको एउटै र महत्त्वपूर्ण काम भनेको विकास हो त्यो म गर्छु, मेरो जिम्मा हो” कोइरालाले भन्नुभयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology