संसदीय दलको नेता चयन भएलगत्तै प्रचण्डको सम्बोधनः ओली पक्षका सांसदलाई पनि आउन आग्रह

NAWALPUR TIMES

संसदीय दलको नेता चयन भएलगत्तै प्रचण्डको सम्बोधनः ओली पक्षका सांसदलाई पनि आउन आग्रह
prachanda MszQ6IBheb

काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली पक्षमा रहेका सांसदहरुलाई पनि आफ्नो दलमा आउन आग्रह गरेका छन् । शुक्रबार संसदीय दलको नेता चयन भएपछि बैठकलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।

बैठकमा प्रचण्डले आफनो पक्षमा स्पष्ट बहुमत रहेको बताउँदै केपि ओली पक्षमा रहेका सांसदहरुलाई पनि यहि संसदीय दलमा आउन आग्रह गरे । अध्यक्ष प्रचण्डले केही अरु सांसदहरु पनि यहि संसदीय दलमा आउन चाहेको उल्लेख गरे ।

नेकपाको प्रतिनिधिसभामा १७२ र  राष्ट्रियसभामा ४९ जना सांसद छन् । संसदीय दलको बैठकमा ११४ जना सांसदको हस्ताक्षर गरेको सांसद सोमप्रसाद पाण्डेले बताएका छ्न । अन्य केही सांसदको हस्ताक्षर गर्न बाँकी रहेको जनाइएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology