काठमाडौँ – संसदीय सुनुवाई बिना नै संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्ति बदर गर्न माग गर्दै सभामुख अग्नि सापकोटा सर्वोच्च अदालत पुगेका छन्।
उनी झण्डावाल गाडीसहित आफै सर्वोच्च अदालत पुगेका हुन् । सापकोटाले उक्त नियुक्ती बदर गर्न माग गर्दै रिट दायर गर्ने तयारी गरेका छन्।
अहिले सभामुख सापकोटा मुद्दा महाशाखा प्रमुख बाबुराम दाहालको कार्यकक्षमा छन् । उनले दाहाललाई आफ्नो मुद्दा दर्ताका लागि पेश गरेका छन् । दाहाल दर्ताको प्रक्रियाका लागि कार्यबाहक मुख्य रजिष्टार लालबहादुर कुँवरसँग छलफलमा छन्।
मुद्दा अध्ययनपछि आजै दर्ता हुने सम्भावना रहेको सर्वाेच्च श्रोतले जनाएको छ। सभामुख सापकोटा मुद्दा दर्ता गराएर मात्रै फर्किने तयारीमा रहेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।
उनले निर्णय प्रक्रियामै असहमति जनाउँदै संसदीय सुनुवाईका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता पठाएका थिए।
Facebook Comment