राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य बलराम थापाको निधन

NAWALPUR TIMES

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य बलराम थापाको निधन
610638b4ae3fe news

नवलपुर । राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य बलराम थापाको काठमाडौंमा उपचारका क्रममा अाइतबार निधन भएको छ । तीन हप्ता अघि कोरोना संक्रमण भइ श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि थापालाई थप उपचारका लागि नवलपुरबाट हेलिकप्टरबाट काठमाडौं ल्याएको थियो ।

५५ वर्षीय थापाको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा आइसियु र भेन्टिलेटरमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार भएको र वार्डमा सारिएको थियो । तर अचानक निमोनिया संक्रमण बढेपछि अवस्था नाजुक बनेको थियो ।

थापाकाे निधनप्रति राप्रपा अध्यक्ष कमल थापाले आफू स्तब्ध र मर्माहत भएको बताउनुभएकाे छ ।

यसैगरी राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लाेहनीले पनि थापाकाे निधनले अविचलित राष्ट्रवादी योद्धा गुमाएको भन्दै दुख व्यक्त गर्नुभयाे ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology