युवा नेता ओम बहादुर घर्ती (ओम थापा) ले दिए जनजाति खुला तर्फ केन्द्रिय सदस्यमा उम्मेदवारी

NAWALPUR TIMES

युवा नेता ओम बहादुर घर्ती (ओम थापा) ले दिए जनजाति खुला तर्फ केन्द्रिय सदस्यमा उम्मेदवारी
om dai

काठमाडौं ।

नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय सभापति ओमबहादुर घर्ती मगर (ओम थापा)ले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छ्न । उनले जनजाति खुला तर्फबाट केन्द्रिय सदस्यमा उम्मेद्बारी दिएका हुन ।

मगर जातीको संस्कृती झल्कने पहिरन,बाजागाजा,कौरा नृत्य एबं प्रतिबद्धता पत्र सहितका ब्यानर पर्चाका साथमा सजिएका सयौं समर्थकको साथमा घर्तीले उम्मेद्बारी दर्ता गराएका छन ।

नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका घर्ती मगर युवा पुस्ता र जनजाती समुदायमा लोकप्रिय मानिन्छन् । देशकै पुरानो पाटी नेपाली काङ्ग्रेसमा विधि पद्धति,शुसासन र समावेशीतालाई स्थापित गर्न आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको घर्तीले बताए ।

“प्रत्येक व्यक्ति उधमशिल नभई देश समृद्ध हुन सक्दैन, देश समृद्ध हुनका लागि देशको गर्बिलो ईतिहास बोकेको नेपाली काङ्ग्रेसका कार्यकर्ता उध्यमशिल हुन आवश्यक छ,यसैका लागि मेरो केन्द्रिय सदस्यमा उम्मेदवारी हो” उनले भने ।

विद्यार्थी राजनीति सङ्गै शैक्षिक पेशा अङ्गालेका घर्ती मगरले संघको राजनीतिबाट राष्ट्रिय राजनीतिमा हाम फालेका हुन । शेरबहादुर देउवा समुहबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका घर्तीले सहयोगका लागी महाधिवेशन प्रतिनिधि तथा नेपाली काङ्ग्रेसका नेता कार्यकर्तालाई अपिल गरेका छन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology