मुख्यमन्त्री नेपालीले नवलपुर क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधीमा उम्मेदवारी दिने

NAWALPUR TIMES

मुख्यमन्त्री नेपालीले नवलपुर क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधीमा उम्मेदवारी दिने
259777113 326929338838775 5827694571576860121 n

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नवलपुर क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधीमा उम्मेदवारी दिने भएका छन । नेपाली कांग्रेस नवलपरासीको १९ वर्ष पार्टी सभापति र नेपाली कांग्रेसको १२ औं महधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेपाली गत जेठमा गण्डकी प्रदेशको मुख्यमन्त्री भएका थिए ।

तनहुँमा जन्मिएर नवलपरासीलाई कर्मथलो बनाएका नेपाली कांग्रेस वृतमा सादगी नेताका रुपमा चिनिन्छन । बि.स २०२२ बाट नेपाली राजनीतिमा होमिएका नेपाली उनका पिता प्रजातन्त्र सेनानी गोवर्द्धन शर्माको प्रेरणाबाट नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय भएका हुन ।

उनका पिता गोवर्द्धन शर्मा तनहुँको कांग्रेस राजनीतिमा सक्रिय थिए। शर्मा प्रजातन्त्रका सेनानी तथा कांग्रेसका केन्द्रीय सदस्य समेत भए। नेपाली शर्माका माहिला छोरा हुन्। पोखरेल परिवार तनहुँबाट बसाइँसराइ गरी पूर्वी नवलपरासीमा आएको थियो।

उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् ।

२०४८ सालदेखि निरन्तर १९ वर्ष नवलपरासी कांग्रेसको सभापति बनेका उनि नेपाली कांग्रेसको १२औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

प्रजातन्त्र बहालीका लागि उनले पटक–पटक जेल जीवन बिताए। काभ्रे र तनहुँमा पोखरेल शिक्षक भएर काम पनि गरेका थिए। विद्यालय तहमा उनले राजनीतिशास्त्र, भूगोल र इतिहास पढाए। शिक्षक भई राजनीतिमा सक्रिय भएको आरोपमा तत्कालीन शासकले उनको शिक्षक पेसा खोस्यो। २०२९ देखि २०३६ सम्म उनले अध्यापन गरेका थिए। उनी कानुनी सेवामा समेत आबद्ध भएका थिए।

निर्वाचन बहिष्कार गर्ने क्रममा २०३७ साल र पहिलो जनआन्दोलनमा २०४६ र दोस्रो जन आन्दोलन ०६२/६३ मा उनी जेल चलान गरिए।

२०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव लडेका उनी २ सय २५ मतले पराजित भए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले–माओवादी गठवन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गर्दै नेपाली नवलपुर १ “क” बाट गण्डकी प्रदेशसभामा निर्वाचित बनेका थिए ।

मुख्यमन्त्री नेपालीले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology