मिडिया काउन्सिल विधेयक ल्याउदा पत्रकार महासंघ रेबिज लागे झै भयो : पुर्वमन्त्री बास्कोटा

NAWALPUR TIMES

मिडिया काउन्सिल विधेयक ल्याउदा पत्रकार महासंघ रेबिज लागे झै भयो : पुर्वमन्त्री बास्कोटा
IMG 20220112 160911 scaled

नवलपुर । पत्रकार महासंघका सदस्य रहेका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले आफै सदस्य रहेको पत्रकार र सिङ्गो पत्रकारिता जगतको मानमर्दन गरेका छ्न ।

बुधबार प्रेस चौतारी नवलपुरको छैठौं अधिवेशन उदघाटन गर्न नवलपुर आएका बास्कोटाले आफुले पत्रकारिता क्षेत्रको समस्या समाधान गर्न मिडिया काउन्सिल विधयेक ल्याएको तर मिडिया काउन्सिल विधयेक ल्याउदा पत्रकार महासंघ रेबिज लाग्या कुनै चिज जत्तिकै झै भएको आरोप लगाएका हुन ।

बास्कोटाले मिडिया मालिकहरुको प्रलोभनमा परेर पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकको विरोध गरेको आरोप समेत लगाएका छन ।

आफ्नो सम्बोधनको अधिकांश समय मिडिया काउन्सिल विधेयकको समर्थनमा खर्चेका बास्तोलाले तल्लो स्तरमा झरेर पत्रकार महासंघकै मानमर्दन गरेका हुन ।

“मैले त सबै शब्द भन्न पनि मिल्दैन उल्टोपाल्टो भैरन्छ, आज कस्तो लागि राछ , आज त मलाई कहिले काहीँ काखी बजाएर हेरौ हेरौ लाग्छ पत्रकारहरु रुदै रुदै रोजगारी गुम्यो भन्दा” , बास्कोटाले भने ।

आफै सदस्य रहेको पत्रकार महासंघको चर्को आलोचना गरेर समय खर्चिएका बास्कोटाले नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारीले पनि आफ्नो विरोधमा बोलेको भन्दै आपत्ति प्रकट गरे ।

मिडिया काउन्सिलको विधेयकको विरोधमा ठुला भनिएका मिडियाले उचालेको भरमा विज्ञप्ति निकालेर पत्रकार महासंघ रोईकराई गरेको आरोप समेत बास्कोटाले लगाएका हुन

फरक प्रसंगमा बोल्दै बास्कोटाले आफुले पत्रकार महासंघको सदस्यता नविकरण नगरेको तर अरु कसैले गर्दिएको समेत बताए । आफू काठमाडौ जिल्लाको दोस्रो नम्बरको सदस्य भए पनि आफुले सदस्यता नविकरण नगरेको दाबी गरे । “म आफू रिन्यु गर्न नि गएको होईन कस्ले कस्ले पैसो तिरेर रिन्यु गरेछ, हेर्नुस है रेष्टुरेन्टमा बसेर दिएको हो कि पत्रकार महासंघको कार्यालमा रिन्यु गर्या हो मलाई थाहा छैन,” बास्कोटाले भने ।

कार्यक्रममा बोल्दै अधिकांश समय मिडिया काउन्सिल विधेयक ठिक भएको जिकिर गरेका बास्कोटाले वर्तमान गठबन्धन सरकार स्थानीय चुनाव बाट भाग्न खोजेको आरोप लगाए । उनले सरकार एमाले सँग डराएर स्थानीय चुनावको मिति गर्न डराएको समेत बताए । चुनाव भए एमालेले सबै तहको चुनाव जित्ने बास्कोटाको दाबी थियो ।

अधिवेशनको उदघाटन सत्रमा कृष्णराज गिरि विकास पत्रकारिता पुरस्कारबाट सालिकराम कोइराला र प्रेस चौतारी सृजनशिलता पुरस्कारबाट ईतराज गुरुङलाई पुरस्कृत गरिएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology