भीरबाट लडेर महिलाको मृत्यु

NAWALPUR TIMES

भीरबाट लडेर महिलाको मृत्यु
Dead 1561007018

नवलपुर । नवलपुरमा भीरबहादुर लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका वडा नं. १ केउरानीकी ५५ वर्षीया लालुमाया बोटे रहेकी छन् ।

पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नं. ४ बोझापोखरीमा पिसाव गर्न जाँदा भीरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तनहुँ माइत गएर फर्किने क्रममा उक्त घटना भएको हो । भीरबाट लडेर अन्दाजी २०/२५ मिटर तल खसेकी महिलाको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा निधन भएको प्रहरीले जनाएको छ ।

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology